नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई संकट !

काठमाडौ,९ जेठ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचीव एवं पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पार्टी उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा माथी आरोप लागेपछि नेकपा एमालेले यो प्रकरणमा ‘सेफल्याण्डिङ’ खोज्न थालेको छ।

संसद भवन भित्र ‘शरणार्थी प्रकरण’ बारे हल्ला गर्ने तर,गोप्य रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संग भेटघाट गर्दै घटनामा आफ्ना मान्छे भरसक नपरुन भनेर साथ खोज्ने दोहोरो चरीत्र एमालेले देखाइरहेको छ।

पार्टी सचीव रायमाझी पक्राउ नपर्दै ‘बाटो हिंड्दा हिड्दै किन समातेको ?’ समेत भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले दैनिक जसो प्रधानमन्त्री भेट्ने गरेका थिए। तर,ओलीले पक्राउ परेको भनिएपनी रायमाझीलाई प्रहरीले २१ दिनपछि काठमाडौ बुढानिलकण्ठबाट पक्रेको थियोे ।

यो प्रकरणमा पक्राउ परेका आरोपितले नै पार्टी उपाध्यक्ष थापा र उनका छोराको समेत नाम लिएपछि एमाले थप अफ्ट्यारोमा परेको थियो ।पुर्व गृहमन्त्री समेत रहेका एमाले उपाध्यक्ष थापालाई पक्राउ पुर्जी जारी नगरीएपनी उनका छोरा प्रतीक विरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ। प्रतीक हाल प्रहरीको फरार सुचिमा छन् । उता थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई पनि पक्राउ परिसकेका छन् ।

एमाले नजिक रहेर यो प्रकरणमा मुछिएका केही आरोपितले अन्य नेताको समेत नाम लिनसक्ने त्रासका कारण एमालेले यो बिषयमा पार्टी र नेता कसैको सङ्लग्नता छैन भन्दै आएको छ। एमालेले सचीव रायमाझीलाई समेत निलम्बन गरेको छ।

 

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय