भुटानी शरणार्थी प्रकरणका आरोपित शेर्पा आफै सिरक लिएर प्रहरी हिरासत पुगेका थिए !


काठमाडौ,८ जेठ। भुटानी शरणार्थी प्रकरणका आरोपीत पूर्वसांसद आङ टावा शेर्पाले आफू हिरासत बस्नुपर्ने कुरा प्रहरीले पक्राउ गर्नु अगाडी नै कसरी थाहा पाए ?
शेर्पाले आफुलाई प्रहरीले पक्राउ गर्दैछ भन्ने सुइँको पाउने बित्तिकै ओढ्ने सिरक लिएर आफैं प्रहरीकोमा आत्मसमर्पण गरेको खुलेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणका ३२ आरोपित मध्य नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद शेर्पा पनि एक हुन् । जसलाई आज सरकारी वकिल कार्यालय मार्फत अदालतमा मुद्दा दायर हुँदैछ। शेर्पा समेत पक्राउ परेका १६ जना र फरार रहेका अन्य १६ जना विरुद्ध प्रहरीले अनुसन्धान प्रतिबेदन तयार पारेर आजै सरकारी वकिल कार्यालयमा बुझाउने अन्तिम तयारी गरेको छ।

प्रहरी कार्यालय कमलपोखरीमा पुगेर आत्मसमर्पण गरेका शेर्पाले हिरासतमा रहेकाहरूसंग बार्गेनिङ गरेको आरोप छ। उनले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका ब्यक्तिलाई प्रहरी कार्यालय पुगेर भेटघाट गरि अन्यको नाम नलिन दबाब दिएको भन्ने प्रमाण फेला परेपछि उनी कानुनी फन्दामा परेका थिए ।
यो मुद्दामा पुर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पुर्व गृहमन्त्री बालकृष्ण खाण,पुर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई,टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायतका ब्यक्ति पक्राउ परेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय