बागमती प्रदेशमा नयाँ मन्त्री थपिए

काठमाडौं, ७ जेठ । सत्ता गठबन्धनमा भागबन्डा मिलेपछि बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । भागबण्डा मिलाउन एक मन्त्रालय थपिएको छ ।

भागबन्डा मिलेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।जसअनुसार एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल र राजेन्द्रमान श्रेष्ठ मन्त्री नियुक्त भएका छन्।

यस्तै कांग्रेसबाट मसिना खड्का, पुकार महर्जन, उत्तम जोशी र रामकृष्ण चित्रकार मन्त्री बनेका छन् । गठबन्धनका दलबीच भएको सहमतिअनुसार प्रदेश सरकारमा कांग्रेस एक्लैले ५० प्रतिशत मन्त्रालय पाएको छ ।

मुख्यमन्त्री शालिकराम जमकट्टेलले यस अघि मन्त्रालय नबढ्ने बताउँदै आएका थिए । तर,उनकै प्रस्तावमा मन्त्रालयको संख्या थपिएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय