शितलनिवासदेखि संसद भवनसम्म राष्ट्रपतिको सवारी सामान्य हुने

काठमाडौँ, ५ जेठ ।राष्ट्रपति रामचन्द्र पौडेल आजको संघीय संसदमा प्रस्तुत हुने निति तथा कार्यक्रम सम्बोधन गर्न जादा बाटो अवरुद्ध नहुने भएको छ ।
आज अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठक बस्दैछ। उनी शितल निवासबाट त्यता जाँदा र फर्किँदा सर्वसाधारणको आवागमनमा कुनै अवरोध नहुने बताइएको छ।
संघीय संसद भवनमा नीति तथा कार्यक्रम वाचनका लागि शीतलनिवासबाट ४ बजे निस्कने कार्यक्रम रहेको उनका प्रेस संयोजक खिला कार्कीले बताए । उनका अनुसार राष्ट्रपतिको सवारी गत चैत ७ गते घोडेजात्राका क्रममा भएको जस्तै हुनेछ।
राष्ट्रपतिको सवारी सामान्य हुने ट्रााफिक प्रहरी प्रमुख डीआईजी कोषराज पोखरेलले पनि पुष्टि गरे ।यसअघि राष्ट्रपतिको सवारीलाई लिएर आलोचना हुने गरेको थियो ।

