स्याङ्जा सम्पर्क समाज पोविविको आयोजनामा आर्ट प्रतियोगिता हुँदै

पोखरा, ४ जेठ । स्याङ्जा सम्पर्क समाज पोखरा विश्वविद्यालयले आर्ट प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो जेठ १२ गते शुक्रबारका दिन कार्यक्रम सञ्चालन हुन लागेको हो ।

पोखरा विश्वविद्यालयमा पहिलो पटक हुन लागेको यस प्रतियोगितामा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्यापन गर्ने सम्पूर्णले भाग लिई आफ्नो प्रतिभा प्रस्तुत गर्न पाउनेछन् ।

कार्यक्रमलाई सम्पन्न गर्न सबैको साथको आवश्यकता भएकाले सहयोग गर्न विद्यार्थी कल्याणकारी समाजका कार्यकारी निर्देशक युवराज त्रिपाठले आग्रह गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय