३० बर्ष सम्म खुलेन मदन भण्डारीको ‘हत्या’ कि दुर्घटना ?

काठमाडौ,३ जेठ। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रीतको मृत्यु भएको ३० बर्ष पुगेको छ।
बिश्वका चर्चित कम्युनिस्ट नेतामा गणना भैसकेका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा उनी चढेको गाडी त्रीशुली नदीमा खसेर मृत्यु भएको थियो। २०४८ को आमनिर्वाचनमा काठमाडौबाट चुनाव जितेका भण्डारी त्यतिबेला ४१ बर्षका थिए ।
दुर्घटना हुँदा उनी संगै रहेका एमाले संगठन बिभाग प्रमुख आश्रीतको शव त्यही दिन गाडीसंगै नदीमा भेटीयो। दुर्घटनामा चालक अमर लामालाई भने सामान्य चोटपटक समेत लागेन । मदनको शव भने ४ दिनपछि नारायणी नदी किनारमा भेटीयो। यो घट्ना ‘हत्या’ कि दुर्घटना भन्नेमा अझै रहस्यमय नै छ। २०६० सालमा चालक लामाको माओवादीद्वारा काठमाडौ किर्तिपुरमा हत्या गरिएपछि यो घटना थप रहस्यमय बन्यो ।
भण्डारीको मृत्युपछि उनको पार्टी नेकपा एमाले पटकपटक सत्तामा छ। भण्डारी पत्नी विद्या भण्डारी पार्टी उपाध्यक्ष हुँदै सांसद,रक्षामन्त्री र ७ बर्ष राष्ट्रपति बनिन् । मदन भण्डारीका राजनीतिक सहयात्री मनमोहन अधिकारी, केपी शर्मा ओली,माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री समेत भए तर पनि मदन-आश्रीतको घटना बारे कुनै सुराक फेला पार्न सकेनन् ।
मदन भण्डारी अनेरास्ववियु कास्कीको सम्मेलनमा प्रमुख अतिथि बनेर पोखरा पुगेका थिए। पोखरामा पाल्पाबाट पोखरा आइ बसेका एमाले निकट उद्योगी हरिप्रसाद पान्डेको घरमा खाना खाएर मदन-आश्रीत गोरखाका नेता ऋषि कटेल सहित जेठ ३ गते चितवनका लागि हिडेका थिए ।
चालक अमर लामाले चलाएको गाडीमा तनहुँको आबुखैरेनीसम्म आएका कटेल भने आबु खैरेनीमा नै झरे ।भन्डारी र आश्रीत चितवन लागे तर दासढुङ्गामै अस्ताए ।

