डिजेल र मट्टीतेलमा १० रुपैयाँ मूल्य घट्यो
काठमाडौ,२ जेठ। नेपाल आयाल निगमले डिजेल र मट्टीतेलमा मुल्य घटाएको छ।
आज राती १२ बजेदेखि लागुहुने गरि डिजेल र मट्टीतेलमा प्रती लिटर १० रुपैया घटाएको निगमले जनाएको छ। तर,पेट्रोल,हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासमा भने मुल्य घटेको छैन ।


हाल अन्तर्राष्ट्रिय रुपमै कच्चा तेलको मूल्य घटेको सन्दर्भमा भारतबाट पनि घटेर आएकोले नेपाल आयल निगमले पनि मूल्यमा हेरफेर गरेको जनाएको छ।
Comments
