नक्कली भुटानी शरणार्थी प्रकरणका अर्का आरोपी कांग्रेसका पूर्वसांसद शेर्पाद्वारा आत्मसमर्पण

काठमाडौ,१ जेठ ।

नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका शेर्पाले  सोमबार साँझ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आफैं  आत्मसमर्पण गरेका हुन् ।
भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट उनीविरुद्ध पनि प्रहरीले वैशाख ३१ गते शुक्रबार पक्राउ पुर्जी जारी गरेको थियो। यो प्रकरणमा पक्राउ पर्ने शेर्पा १४ औं ब्यक्ति हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय