तीन शिर्ष नेताको बालुवाटारमा भेट

काठमाडौ,३१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल सहित शिर्ष तीन नेताबीच बालुवाटारमा आकस्मिक भेटघाट भएको छ।

पछिल्लो राजनीतिक घट्नाक्रम र नक्कली भुटानी शरणार्थी प्रकरणमा सडक तात्न थालेपछि नेताहरू बिच लगातार जस्तो भेटघाट हुने गरेका छन् । बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसंगै पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र पुर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको हो।

भेटमा अबको राजनीतिक निकास,सरकार र प्रतिपक्षीदलको भुमिका र नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएकालाई कानुनी दायरामा ल्याउने बिषयमा नेताहरू बिच कुराकानी चलेको स्रोतको दावी छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय