भ्रस्टाचार विरुद्ध काठमाडौमा प्रदर्शन
काठमाडौ,३० बैशाख। भ्रष्टाचार विरुद्ध नागरिक समाज र राजनीतिक ब्यक्तिहरुले शनिबार दिउँसो काठमाडौमा स्वस्फूर्त प्रदर्शन र धर्ना दिएका छन् ।
नारायण चौरमा आयोजित धर्नामा नागरिक अगुवा सहित विभिन्न पेशा ब्यबसायमा आबद्ध ब्यक्तिहरु सहभागी थिए। पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, नागरिक अगुवा डा.गोविन्द केसी,सांसद रवि लामिछाने लगायतले धर्नामा ऐक्यबद्धता सहित उपस्थिति जनाएका थिए।
कार्यक्रमको आयोजक कोही थिएनन् तर, सामाजिक संजाल टुइटर र फेसबुकमा भ्रष्टाचार विरुद्ध प्रदर्शनमा जोडिन आव्हान गरिएको थियो। पुर्ब प्रधानमन्त्री डा.भट्टराई सहित सांसदहरू डा.तोशिमा कार्की,सोबिता गौतम,डा.रामेश लगायतले पनि ट्विट लेख्दै प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए।
तस्वीरहरु:-


