सफलताको पाइला बढाउँदै सबल कृषि फार्म (फोटो फिचर)

पुष्कर नेपाल

कृषिप्रधान देश भएर पनि राज्यको कुनैपनी तहले कृषिलाई प्राथमिकता दिएको देखिन्न ।

संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकारले प्राथमिकतामा राखेको भनेर जति नै प्रचार गरेपनी कृषि क्षेत्र र त्यसमा गरिने लगानीमा राज्य उदासीन नै देखिन्छ। कृषिमा दिइने अनुदान,मल,बीउ र उन्नत कृषि प्रणालीका लागि आवश्यक सहजीकरणमा पनि सरकार चुकेको छ।

कृषक र कृषि क्षेत्र दुबैलाई राज्यकोषबाट सहुलियत वा अनुदानका कुरा हरेक तहमा उठ्ने गरेका छन् । कृषि कर्मका लागि भनिएको सहुलियतपूर्ण कर्जा होस वा राज्यले दिने बिमा र अनुदानका कुरा वास्तविक कृषकको लागि डाडापारीको फल जस्तै हुने गरेको छ।
तर,राज्यकोषबाट सहयोग वा अनुदान नै नलिइकन पनि केही कृषि फार्महरुले आफुलाइ अब्बल बनाएका छन् । जसले साच्चिकै कृषि कर्म गरेर समाजमा उदाहरणीय बनेका पनि छन् ।
यस्तै मध्यको एउटा कृषि फार्ममा हामी पुग्दा साच्चिकै अर्गानिक स्वाद र वास्तविक कृषिको अनुभुति भयो। काठमाडौ गोकर्णेश्वर नगरपालिका सनस्टार स्थित सबल ब्यबसायीक कृषि फार्ममा अहिलेसम्म राज्यले कुनै सहयोग र अनुदान नदिदा पनि यहाँका लगानीकर्ताले साचो अर्थमा कृषि फार्म संचालन गर्दै आएका छन् ।
साथीहरू मिलेर झन्डै १ करोड लगानीमा खोलिएको सबल व्यावसायिक कृषि फार्म उत्कृष्ट मध्यमा पर्दछ । तर,अहिलेसम्म सरकारी अनुदान भने पाउन सकेको छैन ।’हामीले गरेको कामलाई उत्कृष्ट भनेर अनुदानको फारम भर्न लगाइयो तर,अनुदान पाइएन’ संचालक मध्यका एक गुरु नेपाल भन्छन्-‘भागवत गितामा भनिए जस्तै कर्म गर्ने फलको आश नगर्ने भनेर हामी काम गरिरह्यौ तर,अनुदान अरुले नै लिएर गएछन्।’
संचालक नेपालका अनुसार यहाँको कृषि फार्ममा कृषिजन्य उत्पादन,अर्ग्यानिक तरकारी,फलफुल संगै लोकल कुखुरा,गाई र परेवा समेत पालिएको छ।
फार्ममा हाल ५५ वटा गाइ रहेका छन् । यहाँको उत्पादनलाई बजारिकरण को समस्या पनि छैन ।
लोकल कुखुरा,कडकनाथ,टर्की लगाएत उत्कृष्ट जातीको परेवा समेत यहाँ छन् ।शुरु गरेको ९ बर्षमा यहाँको उत्पादनले गोकर्णेश्वर र काठमाडौका क्षेत्रमा आफ्नो बजार पाएको छ। यहाँ १७ रोपनी जग्गामा ब्यबसाय सुरु गरिएको छ।
हेरौं थप तस्वीर :

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय