जनआन्दोलनका ज्युँदा सहिद कायस्थको निधन

काठमाडौं, २८ वैशाख । विसं २०६२–०६३ को जनआन्दोलनका ज्युँदा सहिद मुकेश कायस्थको निधन भएको छ ।
जनआन्दोलनका क्रममा २०६२ चैत २७ गते बनेपामा प्रहरीले चलाएको गोली उनको कञ्चटमा लागेको थियो ।
गोली लागेपछि अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो ।
उक्त गोलीकै कारण उनलाई पक्षघात पनि भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे।

