नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्का भिआइपी पक्राउ

पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रहरी नियन्त्रणमा !

काठमाडौ,२७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरण मा नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रहरी नियन्त्रणमा परेका छन् ।

स्रोतका अनुसार गृह जिल्ला रुपन्देहीमा रहेका खाडलाई प्रहरीले पक्राउ गरेको हो। उनी केही दिन अघि पनि प्रहरी कार्यालय पुगेर आवश्यक पर्दा उपस्थित हुन्छु भन्ने कागज गरि छुटेको स्रोतको भनाइ छ।

यद्यपि यो बिषयमा प्रहरी र नेपाली काङ्ग्रेसको समेत कुनै आधिकारिक धारणा आएको छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय