
डुङ्गा दुर्घटना हुँदा २१ जनाको ज्यान गयो
एजेन्सी, २५ वैशाख । भारतमा पर्यटकहरु चढेको डुङ्गा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । केरला राज्यस्थित मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुङ्गा दुर्घटना भएको हो ।


४० जना सवार उक्त डुङ्गा दुर्घटनामा पर्दा ज्यान गुमाउने अधिकांश बालबालिकाहरु छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको जनाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र केरलाका मुख्यमन्त्री पिनराई विजयनले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने घोषणा समेत गरेको छ ।
Comments

