प्रचण्डलाई हुन्छ भनेपछि रवि लामिछानेले सत्तामा किन ‘ब्याक गेयर’ लगाए ?

काठमाडौ,२३ बैशाख।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंगको भेटमा सरकारमा फर्किन लचिलो बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तालाई ‘ब्याक गेयर’ लगाउदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएका छन् ।
बैशाख १० को उपनिर्बाचन जिते लगत्तै सत्ता गठबन्धनका दलसँग नजिक रहेका लामिछानेले पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि मनस्थिति परिवर्तन गरेका थिए।
प्रधानमन्त्री प्रचण्डलाई भेटेर ३ दिनको समय मागेका लामिछानेले शुक्रबार अप्रत्याशित रूपमा सरकारमा नजाने र समर्थन समेत फिर्ता लिने बताएका हुन् । उनले प्रधानमन्त्रीको व्यवहार र जनताको चाहनाले सरकारमा नजाने निश्कर्षमा पुगेको बताएका थिए।
लामिछानेको दल रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पनि प्रचण्ड नेतृत्वको सरकारसंग बहुमत भने बाकी छ।
अन्तिम समयमा रवि लामिछाने ‘ब्याक’ हुनुलाई कसैको उक्साहट वा उनको अदृश्य भेटघाट र छलफल मुख्य हुनसक्ने बिष्लेषकहरुको भनाइ छ। लामिछानेले केही दिन अगाडी प्रधानमन्त्रीलाई भेट्दा पुरानै मन्त्रालय(पुस १०) को सहमति अनुसार भए सत्तामा जाने बताएको प्रचण्ड निकट स्रोत बताउँछ ।

