गण्डकीमा मन्त्रीपरिषद् विस्तार हुँदै, मनाङे मन्त्री बन्दै
पोखरा, २३ वैशाख । गण्डकीका चौथो मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीपरिषद् विस्तारको तयारी गरेका छन् । शुक्रबार र शनिबार सार्वजनिक बिदा भएकाले मन्त्रिपरिषद् विस्तार लम्बिएको छ ।


माओवादी केन्द्रले तीन मन्त्रालय दिनुपर्ने र एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनुपर्ने भएपछि मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ भएको पनि बुझिएको छ ।
एकीकृत समाजवादीबाट दीपक मनाङ्गे मन्त्री बन्ने चर्चा छ ।
Comments
