रवि लामिछानेले छाडेपनि प्रचण्ड सरकार नढल्ने
काठमाडौं,२३ बैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः बिश्वासको मत लिनुपर्छ वा पर्दैन भन्ने बहसमा कानुन ब्यबसायीहरु बिभाजित देखिएका छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले पुन: विश्वासको मत लिनुपर्ने भन्ने कुरालाई बरिस्ठ कानुन ब्यबसायी डा.भिमार्जुन आचार्यले नपर्ने जिकिर गरेका छन् । तर,केही कानुन ब्यबसायी भने लिनुपर्ने भन्दै बहस गरिरहेका छन् ।
नेपालको संविधानअनुसार भने प्रधानमन्त्री प्रचण्डले पुन: विश्वासको मत लिन नपर्ने देखिएको संविधानविद् समेत रहेका डा.आचार्य बताउँछन् ।’रास्वपा सरकारमा थिएन, त्यसैले प्रधानमन्त्रीले पुन: विश्वासको मत लिनुपर्दैन,’ आचार्यले भने-‘संविधानले पनि लिनुपर्छ भनेको छैन।’

