लगातार ६ खेल हारेपछि अन्ततः मनाङको जीत

काठमाडौं, २१ वैशाख । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा मनाङले आर्मीलाई १-० गोलअन्तरले हराएको हो । मनाङको जीतमा एकमात्र गोल तिमोथी कुडोले इन्जुरी समयमा गरेका थिए ।

यसअघि लगातार ६ खेलमा पराजित मनाङले अन्ततः जीतको नतिजा निकाल्न सफल भयो । प्रशिक्षकले पनि यस खेलअगाडि राजीनामा दिएकाले मनाङ यस खेलमा प्रशिक्षक बिना नै मैदानमा उत्रिएको थियो ।

यस जीतसँगै मनाङ १४ खेलबाट १८ अंक जोड्दै अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ भने आर्मी १४ खेलबाट २० अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय