धार्केमा पुल भासिएपछि पृथ्वी राजमार्ग बन्द

काठमाडौं,१८ बैशाख ।

धादिङको थाक्रेमा राजमार्गको पक्की पुल भासिएपछि पृथ्वी राजमार्गमा आवागमन बन्द भएको छ।

संघीय राजधानी काठमाडौं आउने ठुला गाडी र रात्रीवस चल्ने यहि एउटा मात्रै राजमार्ग हो  ।  पृथ्वी राजमार्ग बन्द भएपछि सोमबार दिउँसको देखि सबै आवागमन ठप्प रहेको प्रहरीले जनाएको छ ।

यो राजमार्गअन्तर्गत पर्ने धादिङको धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुल सोमबार दिउँसो भासिएको हो। हाल पुल मर्मत गरेर तुरुन्तै सवारी चलाउने अवस्था समेत नरहेको बुझिएको छ।

यो पुल भासिँदा दुईतर्फी सवारी आवागमन बन्द भएको छ भने। पूर्व-पश्चिम जाने आउने हजारौं यात्रु अलपत्र छन्। काठमाडौबाट  छुटेका बस नौबिसे  नपुग्दै जाममा छन् ।  पुल नहुँदा वैकल्पिक बाटो मार्फत सवारी चलाउने प्रयत्न भए पनि हाल विकल्प तयार नभइसकेकोले यात्रुबीच बाटोमै रोकिएका हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय