रवि लामिछानेलाई संसदीय दलको नेता चुन्ने रास्वपा निर्णय
काठमाडौ,१८ बैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति बैठक सम्पन्न भएको छ। बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चुन्ने निर्णय गरेको छ।
सो पार्टीको संसदीय दलको नेता खाली छ। यसअघि उपसभापति डिपि अर्याल संसदीय दलको नेता रहेको भएपनी उपनिर्वाचनबाट रवि पुनः सांसद भएर आएपछि उनले दुई दिन अघि राजीनामा दिएका थिए ।
पार्टी केन्द्रिय कार्यालय बसुन्धरामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । रास्वपाले सरकारलाई दिएको समर्थन के गर्ने भन्ने निर्णय भने आज गरेन । आगामी शुक्रबार सम्म पर्ख र हेर को अवस्थामा पार्टी रहने महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
यस अघि रास्वपालाइ सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामिछानेसंग छलफल गरेका थिए। लामिछानेले केन्द्रिय समिति र संसदीय दलको बैठक पछि जवाफ दिने बताएका थिए।

