झरीमा नरोकिएको क्रीकेट !
काठमाडौ,१८ बैशाख ।
काठमाडौ स्थित त्रिभुवन विस्वविद्यालयको खेल मैदानमा जारी रहेको एसीसी प्रीमियर कपको फाइनल खेल झरीका बिचपनी रोकिएको छैन।
टस जितेर नेपालले युएई विरुद्ध पहिले बलिङ सुरु गरेपछि झरी लगातार परिरहेको भएपनी खेल भने रोचक मोडमा पुगेको छ।
यो प्रतियोगिताको बिजेता टोली आगामी सेप्टेम्बरमा हुने एशिया कपमा छनोट हुने भएकोले यो खेल दुबै देशका टोलिका लागि महत्त्वपूर्ण छ। बिहानैदेखि खेल मैदान पुगेका दर्शक झरीलाइ वेवास्ता गर्दै छाता र रेनकोटको सहाराले खेलको मनोरञ्जन लिइरहेका छन् ।
खेलमा नेपालले ५ वीकेट लिएको छ। खेल जारी छ।

