एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेत खेल्दै

काठमाडौं, १६ वैशाख । काठमाडौंमा जारी एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत शनिबार हुने सेमिफाइनल खेलमा नेपालले कुवेतसँग खेल्दै छ । खेल विहान ९ बजेदेखि टियु क्रिकेट मैदानमा सुरु हुने छ ।

नेपालले मलेसिया ओमान र कतारमाथि जीत निकाल्दै समूह ए को शीर्षमा रहेर सेमिफाइनलमा स्थान बनाएको हो भने कुवेतले हङकङ, सिङ्गापुर र बहराइनलाई हराएर समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा आएको हो ।

आजको खेल जित्दै एसिया कप खेल्नबाट एक कदम अझै नजिक पुग्‍ने दुवै टोलीको सोच रहनेछ । प्रतियोगिताको विजेताले एसिया कप खेल्न पाउने छ ।

आजै मुलपानीमा हुने अर्को सेमिफाइनलमा युएई र ‌ओमान पनि खेल्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय