पशुपतिमा एक घन्टा (फोटो फिचर)
पुष्कर नेपाल
संघीय राजधानी काठमाडौको पशुपति क्षेत्र बिश्व सम्पदा सुचीमा रहेको उच्च धार्मिक क्षेत्र हो। धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण यो स्थल काठमाडौ महानगरपालिका-८ मा पर्दछ ।
पवित्र बागमती नदीको किनारमा २४० हेक्टरमा फैलिएको यो क्षेत्र र पशुपतिनाथको मन्दिर युनेस्को बिश्व सम्पदा क्षेत्रमा पर्नेछ । १९७९ मा युनेस्कोले बिश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको यो क्षेत्र प्राचीन सभ्यता र धर्मसंग जोडिएको छ। जन्मदेखी मृत्यु सम्मको संस्कार गरिने यो क्षेत्रमा भगवान शिवको पवित्र स्थान हो।
महादेव,रुद्र,शिव जस्ता अनेकौं नाम मध्य शिवको मुख्य नाम ‘पशुपतिनाथ’ हो। महाभारतका पात्र अर्जुनले हिमालय पर्वतमा किराँत रुपि शिवलाइ युद्ध गरेर खुशी बनाएको र यहाँ किरातेश्वर रुपको महादेवको मन्दिर पनि देखिन्छ ।
तस्वीरमा पशुपति क्षेत्र :





















