विजय सामुदायिक शिक्षा सदन र काठमाडौं विश्वविद्यालयबीच सम्झौता
नवलपुर, १३ वैशाख । नवलपुरको गैँडाकोटमा रहेको विद्यालय विजय सामुदायिक शिक्षा सदन र काठमाडौं विश्वविद्यालयबीच सहकार्य गर्ने सम्झौता भएको छ ।


विद्यालय र विश्वविद्यालयबीच आगामी एक वर्षका लागि शैक्षिक तथा सिकाइको गुणस्तर अभिवृद्धि गर्नका निम्ति सहकार्य हुने भएको हो ।
सम्झौतापत्रमा विद्यालयका तर्फबाट विजय सामुदायिक शिक्षा सहकारी संस्थाका अध्यक्ष खेमराज सापकोटा र काठमाडौं विश्वविद्यालय स्क्ल अफ एजुकेशनका तर्फबाट हेमराज काफ्लेले हस्ताक्षर गरेका थिए ।
Comments
