भरतपुरमा विद्युतीय तार भूमिगत गर्ने काम ५० प्रतिशत सम्पन्न

चितवन, १३ वैशाख । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य सडक क्षेत्रमा भइरहेको बिजुलीको तार भूमिगत गर्ने कार्यको निरीक्षण गरेकी छन् ।
भरतपुरको मुख्य सडकमा विद्युत्, इन्टरनेट, टेलिफोनलगायतको तारलाई भूमिगत गर्ने काम भइरहेको छ । भरतपुरकी मेयर दाहालले भूमिगत आयोजनाका कर्मचारीसँग अहिले भइरहेको कार्य प्रगति र काम भइरहेको स्थानबारे जिज्ञासा राखेकी छन् ।
अहिले ६ लेन सडक र बाइपास सडकमा धमाधम काम भइरहेको छ । आयोजनाका अनुसार अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । यो वर्षभित्र काम सक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।
दाहालले भरतपुरलाई भूमिगत विद्युतीकरणसँगै सौन्दर्यकरण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताउँदै विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरको सौन्दर्यतालाई बढाएर स्मार्ट सिटीकारुपमा विकास गर्न सहयोग पुग्ने विचार राखेकी थिइन् ।

