नेप्सेमा दाेहाेराे अंककाे वृद्धि

काठमाडाैं, १२ वैशाख । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ ।

आज नेप्से १७.३६ अंकले वृद्धि भएर १९०५.६८ अंकमा पुगेकाे छ । सोमबार ७५ करोडमा सीमिति भएको कारोबार रकम मंगलबार बढेर ८८ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

मंगलबार सेयर बजारमा कुल २१७ कम्पनीको सेयर कारोबार भएकोमा १६८ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ ।

त्यस्तै ४४ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५ कम्पनीको भने स्थिर रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय