भ्रम फैलाउने फ्लाई दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

काठमाडाैं, १२ वैशाख । साेमबार राति फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा दुई जना कारबाहीमा परेका छन् ।
हिजाे राति ९:२० बजेकाे समयमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएको थियो ।
एउटा इन्जिनमा समस्या आएपनि उक्त जहाज दुबई पुग्न सकिने भएपछि गन्तव्यका लागि उडेको थियो । तर दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोक्किएको उल्लेख थियो।
यता नेपाल नागरिक उड्डयन प्राधिकरणले चरा ठोक्किएको प्रमाण नभेटिएको र भ्रम फैलाएको ठहर गर्दै दुई म्यानेजरलाई कारबाही गरेको हो ।
फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएर उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ ।

