चितवन-२ मा दिउँसाे १ बजेदेखि मतगणना

चितवन, ११ वैशाख । आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ को मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ ।
केहीबेर अघि सम्पन्न भएकाे सर्वदलीय बैठकमा उक्त सहमति भएको हो । मतगणना चितवन उद्योग संघको कभर्डहलमा हुने छ ।
यस क्षेत्रमा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

