एसिसी प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग खेल्दै

काठमाडौं, ११ वैशाख । काठमाडौंमा जारी एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत सोमबार नेपालले साउदी अरेबियासँग खेल्दै छ । खेल विहान ९ बजेदेखि मुलपानी क्रिकेट मैदानमा सुरु हुने छ ।

नेपालले मलेसिया र ओमानमाथि जीत निकाल्दै समूहको शीर्षमा रहेर सेमिफाइनलमा स्थान बनाउने लगभग पक्का भइसकेको छ भने साउदी मलेसियासँग पराजित हुँदा कतारलाई हराएको थियो ।

आजको खेल जितेमा नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउने छ । दुई समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् भने विजेता टोलीले एसिया कप खेल्न पाउने छ ।

आजै कीर्तिपुरमा अर्को समूहका हङकङ र बहराइन खेल्दै छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय