बारा २ को मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बस्दै

बारा, ११ वैशाख । बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना गर्नका लागि अहिले विहान सर्वदलीय बैठक बस्दै छ ।
रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले आज विहानबाट मात्र मतगणना हुने भएको हो । मतगणनाका लागि बिहान ७ बजे सर्वदलीय बैठक राखिएको छ ।
सर्वदलीय बैठकपछि विहान १० बजेभित्र मतगणना सुरु गरिसक्ने जनाइएको छ । मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

