आगलागीबाट आठ घर जलेर खरानी

महोत्तरी, ११ वैशाख । महोत्तरीको मटिहानी नगरपालिका–६ मा आइतबा दिउँसो भएको आगलागीमा परेर आठवटा घर जलेर खरानी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार स्थानीय गफार शेष, सतार शेष, सदरे शेष, अन्सारुल मोमिन, इलझारुल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घरमा आगलागी भई लाखौँको क्षति भएको छ ।

समयमै दमकल पुग्न नसक्दा धेरै क्षति व्यहोर्नुपरेको स्थानीयको गुनासो छ । नगरपालिकाको आफ्नै दमकल नहुँदा धेरै क्षति भएको भन्दै स्थानीय आक्रोशित समेत बनेका छन् ।

आगलागीबाट सबै घरमा गरी करिब २६ लाख बराबरको क्षति भएको जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...