उपनिर्वाचन: तनहुँमा स्वर्णिम वाग्लेलाई दोब्बरभन्दा बढीको अग्रता

काठमाडौं, ११ वैशाख । आइतबार सम्पन्‍न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत तनहुँमा मतपेटिका संकलनको कार्य सकेर गएरातिदेखि नै मतगणना सुरु गरिएको छ ।

तनहुँमा सुरुदेखि नै अग्रता बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अहिले अग्रता दोब्बर बनाएका छन् । उनले ५०१९ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका गोविन्द भट्टराईले २३५१ मत पाएका छन् ।

त्यसैगरी पूर्व आइजिपी समेत रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १५४९ मत पाएका छन् । हालसम्म ९२४६ मत गनेर सकिएको छ ।

उता चितवन र बारामा भने सर्वदलीय बैठक बसेर गणना सुरु हुनै बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय