भरतपुर ११ मा राेकिएकाे मतदान सुचारु, समय भने नलम्बिने

चितवन, १० वैशाख । चितवनकाे भरतपुर महानगरपालिका-११ स्थित नयाँकिरण माविमा विवाद हुँदा राेकिएकाे मतदान सुचारु हुने भएकाे छ ।

केही बेर अगाडि रास्वपा र अन्य दलका कार्यकर्ताबीच विवादकाे अवस्था उत्पन्न भएपछि मतदान राेकिएकाे थियाे । रास्वपाका कार्यकर्ताले मतदानस्थलमा आचारसंहिता विपरित नाराबाजी गरेकाे आराेप एमाले र सत्ता गठबन्धनका कार्यकर्ताले लगाएका थिए ।

रास्वपाले क्षमायाचना गर्ने सहमति भएपछि अब राेकिएकाे मतदान सुचारु हुन लागेकाे हाे । यद्यपि ५ बजेभित्र लाइनमा बसिसकेकालाइ मतदान गर्न दिइने छ भने थप समय लम्ब्याइने छैन ।

क्षेत्र नम्बर २ मा हालसम्म ४६ प्रतिशत मत खसेकाे जनाइएकाे छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय