कीर्तिपुरमा युएइकाे विस्फाेटक ब्याटिङ, बनायाे ४७१ रन

वासिम र वृत्याकाे शतक

काठमाडाैं, १० वैशाख । काठमाडाैंमा जारी एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज भइरहेकाे खेलमा यूएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४७१ रनकाे विशाल याेगफल बनाएको हो ।

यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेलेका थिए । अरविन्दले १७ चौका र ७ छक्कासहित १७४ तथा वासिमले ९ चौका र १६ छक्कासहित १६० रन बनाए । यी दुइले दाेस्राे विकेटका लागि २४६ रनको साझेदारी गरेका थिए ।

आयान अफजल खानले ५० बलमा ७४ रन बनाए । सिंगापुरका अदित्या भार्रगभाले ४, रमेश कालीमुथुले ३, विनाेथ भास्करणले २ तथा मनप्रीत सिंहले १ विकेट लिए ।

याे युएइले बनाएकाे सबैभन्दा उच्च स्काेर हाे भने लिस्ट ए क्रिकेटमा पनि पाँचाैँ उच्च स्काेर हाे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय