शान्तिपूर्ण रुपमा निर्वाचन हुँदै, मतदाताको संख्या पहिलेभन्दा केही कम

चितवन, १० वैशाख । चितवनमा विहानैदेखि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । चितवनको क्षेत्र नम्बर २ मा विहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

यस क्षेत्रमा नेकपा एमालेबाट रामप्रसाद न्यौपाने, नेपाली काँग्रेसबाट जीतनारायण श्रेष्ठ तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

काँग्रेस उम्मेदवार श्रेष्ठले कालिका नगरपालिका ९ शक्तिखोरबाट मत दिइसकेका छन् भने रवि  र रामप्रसादको यस क्षेत्रमा मतदाता नामावली छैन ।

उपनिर्वाचन भएका कारण मतदाताहरुको संख्या पहिलेभन्दा केही कम भएको पाइएको छ । यद्यपि बेलुका ५ बजेसम्मको अवस्था यही हुन्छ भनेर आकलन गर्न भने सकिदैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय