प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने

काठमाडौं,९बैशाख ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैशाख अन्तिम साता छिमेकी देश भारत भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो आईपुगेको बालुवाटार स्रोतले जनाएको छ। निम्तो प्राप्त भएसँगै तेसो पटक प्रधानमन्त्री भएका प्रचण्डको विदेश भ्रमण भारतबाटै शुरु हुने पक्का भएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत प्रचण्डलाई भारत भ्रमणको निम्तो पठाएको प्रधामन्त्री कार्यालय स्रोतले बताएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि भन्दै काङ्ग्रेस भित्रको लफडा नमिल्दै हतारमा परराष्ट्रमन्त्री एनपी साउद नियुक्त भएका थिए।

यद्यपि भ्रमणको तयारी पुरा भएपछी मात्रै भ्रमणको तालिका सार्वजनिक गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर,स्रोतका अनुसार वैशाख अन्तिम साता प्रधानमन्त्रीको भ्रमण हुन सक्ने छ ।परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भ्रमणको तयारी थालिसकेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय