काठमाडौको ‘रारा’ अर्थात ‘धापड्याम’ !
पुष्कर नेपालतपाईं संघीय राजधानी काठमाडौंका विभिन्न मनोरम दृश्य हेरेरपक्कै पनि रमाउनुभएको होला । पशुपतिनाथ, गुहेश्वरी, बौद्धगुम्वा, स्वयम्भू, चन्द्रागिरी, सुन्दरीजल, धरहरा, रानिपोखरी, चोभार र बुढानिलकण्ठ लगाएत थुप्रै रमणीय क्षेत्र भ्रमण र मन्दिरको दर्शन गर्ने कुरा तपाईंको लागि नौलो नहुन सक्छ ।
तर, काठमाडौंभित्रै तपाईंले स्वर्गको टुक्रा अर्थात ‘रारा’ को अर्गानिक स्वाद लिनुभएको छ ? यदि छैन भने आजै तपाइँ त्यहा पुग्न सक्नुहुन्छ । काठमाडौंको चाबहिलदेखि ३४ किमिको दुरिमा रहेको यो ठाउँ पछिल्लो समय आन्तरिक पर्यटकको लागि रोजाइ बनेको छ ।


एकैदिनमा पुगेर फर्किन पनि सकिने र २/३ दिनको भ्रमण प्याकेज बनाएर यो ठाउँ र आसपासका अन्य मनोरम दृश्य हेरेर रमाउन पनि सकिने काठमाडौको ‘रारा’ अर्थात शिवपुरी धापड्याम नयाँ गन्तव्य हो।
झोलामा पानीको बोतल अनि बाटोमा खानका लागि केही खानेकुरा बोकेर सुन्दरीजलहुँदै हाइकिङ जान पनि सकिन्छ । वा, गएर फर्किने हिसाबले आफ्नो सवारी साधन प्रयोग गर्न पनि सकिन्छ ।
यो ड्यामको अवधारणा पहिले नै ल्याइएको भए पनि निर्माण कार्य भने भर्खरै सकिएको हो। यो ड्यामको लम्बाइ एक सय ७४ दशमलव सात मिटर र चौडाइ आठ मिटर रहेको छ । बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर रहेको छ। वर्षातको समयमा यहाँ जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेन्ड चारसय प्रतिलिटरका दरले बागमती नदीमा छोडिने छ ।
धाप ड्याम समुन्द्र सतहदेखि २ हजार १ सय २२ मिटर उचाइमा अवस्थित छ। स्वच्छ वातावरण, छङछङ बग्ने खोला, धार्मिक स्थलहरू र प्राकृतिक रमणीय दृश्य अवलोकन गर्दै जादा बाटोमा विभिन्न जातका फुल र हिमालसँग मित्रता समेत गाँस्न पाइन्छ।
हेरौं तस्वीरमा:
Comments
