चुनावका कारण त्रिविले सार्‍यो पूर्वनिर्धारित परीक्षा

काठमाडौं, ८ वैशाख । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने भनिएको परीक्षा केही दिन पछाडि सारेको छ।

वैशाख १० गते तीन स्थानमा संघीय संसदको उपनिर्वाचन हुने तालिका छ र सोही कारण उक्त दिनको परीक्षा वैशाख १६ गतेलाई सारिएको पनिकाले जनाएको छ ।

निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि सारिएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय