एसिसी प्रिमियर कपमा आज नेपाल र ओमान भिड्दै

काठमाडौं, ८ वैशाख । काठमाडौंमा जारी एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत शुक्रबार नेपालले चिरपरिचित प्रतिद्वन्दी ओमानसँग खेल्दै छ । खेल विहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सुरु हुने छ ।

दुवै टोलीले आफ्ना पहिलो खेल जितेर आएका छन् भने आज जीत निकाल्दै समूहको शीर्षमा रहने बलियो दाबेदारी प्रस्तुत गर्ने छन् । ओमानले कतारलाई तथा नेपालले मलेसियालाई हराएको हो ।

यसअघि सोमबार भएको अभ्यास खेलमा नेपालले ओमानलाई हराएको थियो । नेपालले सोही नतिजा दोहोर्‍याउन चाहनेछ भने ओमानले पहिल्यैदेखिको नेपालमाथिको दबदबा कायमै राख्‍न चाहन्छ ।

आजै मुलपानीमा अर्को समूहका दाबेदरा टोलीहरु युएई र हङकङ खेल्दै छन् । यी दुई टोलीले पनि आफ्ना पहिलो खेल जितेर आएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय