स्मार्ट टेलिकमको लाइसेन्स नविकरण नहुँदा बैंकको २ अर्ब कर्जा जोखिममा !

काठमाडौं ७, वैशाख । स्मार्ट टेलिकम प्रालिको लाइसेन्स नविकरण हुन नसकेको र दर्ता समेत खारेज हुने अवस्था आएपछि तीन वटा बैंकको झन्डै २ अर्व ऋण लगानी जोखिममा पर्ने देखिएको छ।

बिदेशी ८० प्रतिशत र नेपालीको २० प्रतिशत स्वामित्व रहेको स्मार्ट टेलिकमलाई नविकरण दस्तुर तिरेर नविकरण गर्न बैशाख ३ गतेसम्मको समय दिइएको थियो। यो समयसम्म कम्पनीले २० अर्ब १३ करोड २७ लाख ५० हजार शुल्क बुझाएर नविकरण गर्न सक्ने अवस्था थियो ।

तर,कम्पनीले नविकरण गर्नुको सट्टा अदालत गुहारेपछी त्यहाँबाट समेत अन्तरिम आदेश लिन सकेन । यो अवस्था आएपछि कम्पनीमाथी ऋण लगानी गरेका लक्ष्मी बैंक,प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक (अहिले मर्जरपछी नेपाल इन्भेष्टमेन्ट मेगा भएको)को गरि कुल २ अर्ब १२ करोड कर्जा लगानी जोखिममा देखिएको हो ।

यसबिषयमा राष्ट्र बैंक तथा नेपाल सरकार र सम्बन्धित बैंकहरुले केही बोलेका छैनन् । स्रोतका अनुसार प्राइम कमर्सियल बैंकले ७३ करोड ३९ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ३१ करोड र लक्ष्मी बैंकले ८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

खारेजीको अवस्थामा पुगेको स्मार्ट टेलिकममा लाल साहु डिस्ट्रिब्युटर प्रालि सिंगापुरको ७० तथा जिल्याटको १० प्रतिशत छ भने २० प्रतिशत लगानी सचिनलाल आचार्यको स्क्वायर नेटवर्क प्रालिको रहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय