काठमाडौं,६ बैशाख।
रवि लामिछानेको चितवन स्थित घरको छतबाट खसेर घाइते भएका उनका सवारी चालक दिल बहादुर थापाको अवस्था गम्भीर रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रहेका लामिछाने बस्दै आएको भरतपुर–११,भोजाडको अढाई तले घरको छतबाट खसेर थापा गम्भीर घाइते भएका हुन। चालक थापाको हाल काठमाडौं स्थित मेडीसीटी अस्पतालमा उपचार भैरहेको छ। भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार हुन नसकेपछी मंगलबार बेलुकी उनलाइ काठमाडौं ल्याईएको थियो।
नेपाली सेनाको हेलिकोप्टरबाट एयर लिफ्ट गरेर ल्याइएका थापाको स्वास्थ्य अझै सुधार हुन नसकेको ललितपुरस्थित मेडिसिटी अस्पतालले जनाएको छ। रास्वपा सभापति लामिछानेले भने थापाको अवस्थामा सुधारहुँदै गएको र नकारात्मक टिप्पणी कसैले नगर्न भनिरहेका छन् ।
सोमबार बिहान पौने ४ बजे घरको छतबाट खसेर थापा गम्भीर घाइते भएका हुन्। अस्पतालका अनुसार उनको टाउको र छातीमा चोट छ। थापाको टाउकाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमै शल्क्रिया गरिएको थियो। तर शल्यक्रियापछि पनि उनको अवस्थामा सुधार नभएपछि काठमाडौं ल्याइएको हो।
मेडिसिटी अस्पताल प्रशासनले अहिले पनि थापालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ। अस्पतालले थापाको अवस्था चिन्ताजनक रहेको उल्लेख गरेको छ। थापाको टाउकोमा गहिरो चोट रहेको तथा घाँटी र छातीमा पनि चोट देखिएको अस्पतालको भनाई छ।
Comments