नवलपुरका सामुदायिक वनमा डढेलो

नवलपुर, ६ वैशाख । फागुन महिनादेखि यता नवलपुरको विभिन्न वनका ५३ स्थानमा डढेलो लाग्‍ने क्रम बढेको छ । करिब ७० हजार चार सय हेक्टर वन रहेको यस जिल्लामा हाल दुई हजार छ सय ५० हेक्टरमा डढेलो लागेको डिभिजन वन कार्यालय नवलपुरले जनाएको छ ।

डढेलो लागेको क्षेत्र अझै बढ्न सक्ने कार्यालयले जनाएको छ । फागुनभन्दा पनि चैतमा यस क्षेत्रका सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको पाइएको छ । धेरैजसो क्षेत्रमा भने आगो नियन्त्रणमा आइसक्दा अहिले थप केही क्षेत्रमा डढेलो लागेको छ ।

डढेलो नियन्त्रणका लागि समय समयमा यस सम्बन्धी कार्यक्रम वन कार्यालयले गर्ने गरेको छ । सामुदायिक वनले हेरालु राख्ने गरेका छन् । उनीहरुले अग्नि नियन्त्रण समूहसमेत बनाएका छन् । आगो लगाउँदा नयाँ घाँस पलाउने, च्याउ उम्रनेलगायत धारणाका कारण स्थानीयले आगो लगाउने गरेको पाइन्छ ।

डढेलोका कारण यहाँको वायुमण्डल धुवाँले ढाकेको छ । धुवाँले आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या आउनेलगायतका समस्या देखिन थालेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय