मलेसियाद्वारा नेपाललाई २३६ रनकाे लक्ष्य

काठमाडाैं, ५ वैशाख । काठमाडाैंमा आजदेखि सुरु भएकाे एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गत आफ्नाे पहिलाे खेलमा नेपालले मलेसियासँग खेलिरहेकाे छ ।

टस जितेर ब्याटिङ गरेकाे मलेसियाले नेपाललाई २३६ रनकाे मध्यम विजयी लक्ष्य प्रस्तुत गरेकाे छ । मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनायाे ।

उसका लागि कप्ताज अहमद फैजले ७६ रनकाे याेगदान दिए भने विरानदीप सिंहले ४६ रन बनाए । नेपालका साेमपाल कामी र सन्दीप लामिछानेले ३-३ विकेट लिए भने ललित राजवंशीले २ तथा गुल्शन झाले १ विकेट लिए ।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय