एसिसी प्रिमियर कप क्रिकेट आजदेखि, नेपालले मलेसियासँग खेल्दै

काठमाडौं, ५ वैशाख । एसिया कप खेल्ने बाटोको रुपमा रहेको एसिसी प्रिमियर कप क्रिकेट आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।
पहिलो खेलमा नेपालले आजै मलेसियासँग खेल्दै छ । खेल विहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ ।
आजै अर्को खेलमा हङकङ र सिङ्गापुर पनि खेल्दै छन् । खेल मुलपानी क्रिकेट मैदानमा ९ बजेदेखि हुने छ ।
१० टोली सहभागी यस प्रतियोगिताको विजेता टोलीले यसै वर्ष सेप्टेम्बरमा आयोजना हुने एसिया कपमा खेल्न पाउनेछ ।

