रविले भने- चाेटका बेला नुनचुक बाेकेर नआउनुस्

काठमाडाैं, ४ वैशाख । रास्वपाका सभापति रवि लामिछानेले संवेदनशील घडीमा चाेट परेका बेला मानवता देखाउन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै यस्ताे संवेदनशील घडीमा माैका नछाेप्न आग्रह गरे । उनका सवारी चालक आज विहान छतबाट खसेर गम्भीर घाइते भएका छन् ।
आफु नेताभन्दा पहिले मानिस भएकाे भन्दै सबैलाइ यस घडीमा घाइतेकाे शीघ्र स्वास्थ्यलाभकाे लागि कामना गरिदिन समेत आग्रह गरे ।
हेर्नुस् उनकाे पाेस्ट:
याे पनि:
दिलबहादुर भेन्टिलेटरमा, सँगै सुतेका अर्का चालकसँग प्रहरीकाे साेधपुछ

