तीन तला माथिबाट खसेर रविका सवारी चालक गम्भीर घाइते

चितवन, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेका सवारी चालक घरको छतबाट खसेर गम्भिर घाइते भएका छन् ।
आज विहान करिब ४ बजेको समयमा भरतपुर महानगरपालिका–११ स्थित लामिछानेको घरको तीन तलामाथि छतबाट खसेको अवस्थामा भेटिएका उनका चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय शम्भु भन्ने दिल बहादुर थापाको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गम्भिर घाइते थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

