गौतमबुद्ध रंगशालामा लागेको ऋणमध्ये १२ करोड मात्रै सरकारले व्यहोर्ने

काठमाडौं, ४ वैशाख । चितवनको भरतपुर महानगरपालिका कृषि क्याम्पसको जगगामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लागेको १८ करोड ऋणमध्ये सरकारले १२ करोड मात्रै ब्यहोर्ने गोप्य सूचना बाहिर आएको छ।
धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण शुरु गरेको रंगशालामा १८ ४३ लाख ऋण छ । यो रकम उधारो र ऋण तिर्न बाँकी रहेको सरकारी लेखापरिक्षणकै क्रममा देखिएको हो। निर्माणमा सोंचे जस्तो रकम नउठेको र अस्वभाविक ऋण लागेपछी निर्माणकर्ता धुर्मुस–सुन्तली फाउण्डेसनले रकारसँग विन्ती गर्दै रकम दिन वा आफैं स्वामित्व लिन भनेको थियो।
सरकारले मन्त्रीपरिषद बैठकबाटै रंगशालाको ऋण सकार्ने र निर्माण अगाडी बढाउने निर्णय गरेको थियो। यद्यपि यसको आधिकारीक डकुमेण्ट भने अहिलेसम्म गोप्य राखिएको छ। जसले गर्दा मन्त्रीपरिषदको निर्णय र कुरा फरक रहेको बुझिएको छ।
रंगशाला निर्माणमा लागेको ऋण १८ करोड मध्य सरकारले १२ करोडको मात्रै जिम्मा लिने निर्णय गरेको स्रोतको भनाई छ। यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्री एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चलखेल गरेको समेत बुझिएको छ।
मेयर दाहालले सरकारले १२ करोड दिएपछी बाँकी ६ करोड रूपैयाँ निर्माणकर्ताले ब्यहोर्ने आशय देखाएको स्रोतको भनाई छ। रंगशालामा हाल ३ करोड जतीको सामान नै रहेको र बाँकी ३ करोड दिन्छु भनेर बोलेकाहरुबाट उठाउनुपर्ने मेयर दाहालको तर्क रहेको छ।
गत २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले रंगशालाको स्वामित्व सरकारले लिएर निर्माण अघि बढाउने निर्णय गरेको थियो । यो सँगै रंगशाला बन्नेमा सबै खुशी थिए। तर, मन्त्रीपरिषदको निर्णयमा के कती ऋण जिम्मा लिने र निर्माणलाई कसरी अगाडी बढाउने भन्ने अहिलेसम्म गोप्य छ । स्रोतका अनुसार मन्त्रिपरिषद्ले गरेको निर्णय राष्ट्रि खेलकुद परिषद्मा पुगेपनि के कसरी भन्ने खुलेको छैन।
तर,स्रोतका अनुसार सरकारले क्रिकेट रंगशालाको ऋण तिर्न धुर्मुस–सुन्तली फाउन्डेसनलाई १२ करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। यो रकम राट्रिय खेलकुद परिषद मार्फत जाने बुझिएको छ। सरकारीतहबाटै भएको लेखापरिक्षण रिपोर्टमा १८ करोड ४३ लाख रूपैयाँ ऋण र उधारो देखिएको भएपनि १२ करोड मात्रै दिने तयारीले निर्माण प्रभावित हुनसक्ने चिन्ता थपिएको छ।

