काठमाडाैं विश्वकै सबैभन्दा बढी प्रदुषित सहर

वायु अस्वस्थकर अवस्थामा पुग्याे

काठमाडाैं, ३ वैशाख । राजधानी काठमाडौंकाे वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । शनिबारदेखि विश्वका प्रमुख १०० शहरमध्ये काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित अवस्थामा पुगेको हो ।

स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरले जारी गरेकाे रिपाेर्ट अनुसार बिहीबारदेखि नै काठमाडौंको वायु अस्वस्थकर तहमा पुगेको छ ।

बिहीबार १७४ एक्यूआई रहेको काठमाडौंको वायु प्रदूषणको अवस्थामा अहिले १९४ एक्यूआईमा पुगेको छ । आईक्यूएअरका अनुसार अहिले भक्तपुर क्षेत्रमा बढी वायुप्रदूषण छ ।

वातवरण विभागले वायु प्रदूषणको नकारात्मक असरबाट जोगिन सार्वजनिक अपील समेत जारी गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय