ज्यान मार्ने धम्कीपछि सलमानले किने नयाँ बुलेटप्रुफ गाड़ी

काठमाडौं, ३ वैशाख । बलिउड अभिनेता ‘टाईगर’ ‘दबगं र ‘भाईजान’ नामले चिनिएका सलमानले ‘निसान’ कम्पनीबाट सबैभन्दा महँगो सेतो ‘निसान पेट्रोल’ बुलेटपुफ्र कार किनेको समाचार स्रोतले बताएका छन्।

हालै मात्रै उनलाई मार्ने धम्की सहितको इमेल आएको थियो। त्यसपछि सलमानले यो कार किनेका हुन्। उनी मुम्बई भन्दा बाहिर रहेको बेला उनको घरको सुरक्षाको लागि भन्दै मुम्बई पुलिसले समेत अस्थायी प्रहरी पोष्ट सहित सुरक्षा बढाएको थियो।

सुरक्षाका दृष्टिकोणले यो बुलेटप्रुफ कार विशेष मानिन्छ। दक्षिण एसियाली बजारमा सबैभन्दा लोकप्रिय र महँगो मानिएको यो कार हाल भारतीय बजारमा उपलब्ध छैन। सलमानले यो कार विदेशबाट आयात गरेका हुन्।

सलमान खानलाई लामो समयदेखि ज्यान मार्ने धम्की आइरहेको छ। उनले पत्रकार सम्मेलन गर्दै यो विषयमा पनि बोलेका थिए। उनलाई सोधिएको थियो, ‘सलमान सर, तपाई पुरै भारतको भाइजान हुनुहुन्छ। यस्तो अवस्थामा तपाईलाई आउने धम्कीलाई कसरी हेर्नुहुन्छ?’

जवाफमा सलमानले मुस्कुराउँदै भने, ‘शुद्ध भारत के भाईजान नही हैं, किसी की जान भी हैं हम।’ (म धेरैको जीवन हुँं। भाइजान दाजुभाइहरूका लागि हो। धेरै मेरो दिदी बहिनी बन्न चाहान्छन्।) सलमानको जवाफले उनका फ्यान निक्कै खुशी भएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय