काठमाडौंमा अबदेखि अनलाइनबाटै नक्सा पास

काठमाडौं, २ वैशाख । काठमाडौं महानगरपालिकाले अनलाइन नक्सापास प्रणालीको सुरुवात गरेको छ । शुक्रबारदेखि महानगरले पूर्णरूपमा अनलाइन नक्सापास प्रणालीको व्यवस्था सुरुवात गरेको महानगरपालिकाका मेयर बालेन शाहले जनाएका हुन् ।
‘हामीले अहिले नक्सा पास प्रणालीलाई पूर्ण रूपमा विद्युतीय प्रणालीमा गरेका छौं,’ उनले भने, ‘पहिले पनि विद्युतीय प्रणाली थियो तर नक्साकिताबमा राख्नुपर्थ्यो। जसको लागि सेवाग्राही महानगर र वडा गुम्नुपर्ने अवस्था थियो। सोही काम गर्न दुई-तीन महिना लाग्ने गर्थ्यो भने अहिले बढीमा २५ दिनमा हुनेछ ।’
पहिले विद्युतीय प्रणाली भए पनि ट्र्याकिङ मात्र हुने सिस्टम रहेको र त्यसका कारण हरेक कार्यालयमा गएर काम गर्नुपर्ने झन्झट हुने गरेको उनको भनाइ थियो ।

